+
इंग्लिस प्रिमियर लिग :

वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो

२०८२ फागुन  १६ गते २३:४० २०८२ फागुन १६ गते २३:४०
वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
  • लिभरपुलको २८ खेलबाट ४८ अंक छ भने वेस्ट ह्याम २५ अंकसहित १८औं स्थानमै छ।
  • यो जितसँगै लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ र शीर्ष चारको होडमा बलियो बनेको छ।

१६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

यो जितसँगै लिभरपुलले चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ भने वेस्ट ह्याम १८औं स्थानमै कायम रहेको छ ।

लिभरपुलको २८ खेलबाट ४८ अंक छ । युनाइटेडले एक खेल कम खेलेको छ, गोलअन्तरमा पनि अघि रहेर चौथोमा छ । वेस्टह्यामको २८ खेलमा २५ अंक छ ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा रायन ग्राभेनबेर्चको पासमा ह्युगो एकिटिकेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि २८औं मिनेटमा डोमिनिक सोबोस्लाइको कर्नरमा भर्जिल भान डाइकले हेडमार्फत दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट भली प्रहार गर्दै गोल गरेपछि लिभरपुल ३–० ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुवातमै वेस्ट ह्यामले खेलमा फर्कने संकेत देखायो । ४८औं मिनेटमा टोमास सोउसेकले गोल गर्दै अन्तर घटाए । तर ७०औं मिनेटमा कोडी गाक्पोले डिफ्लेक्सनमा गोल गर्दै लिभरपुललाई फेरि तीन गोलको अग्रता दिलाए ।

वेस्ट ह्यामका लागि ७८औं मिनेटमा टाटी कास्टेलानोसले गोल गर्दै स्कोर ४–२ बनाए पनि अन्तिमतिर जेरेमी फ्रिम्पोङको क्रस एक्सेल डिसासीबाट आत्मघाती गोल भएपछि खेल ५–२ मा सकियो ।

यो सिजन लिगमा लिभरपुलले पहिलो पटक पाँच गोल गरेको हो । जितसँगै लिभरपुल शीर्ष चारको होडमा बलियो बनेको छ भने वेस्ट ह्याम रेलिगेसनबाट जोगिन थप संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ ।

इंग्लिस प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय