ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले सञ्चालन गरेको अल्का आईभीएफ एण्ड फर्टिलिटी सेन्टरमा दुई जना विशेषज्ञहरुले सेवा शुरु गरेका छन् । आईभीएफ विशेषज्ञद्वय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाईंले अल्कामा सेवा शुरु गरेका हुन् ।
अस्पतालका अनुसार उनीहरु दुवै जना आईभीएफसम्बन्धी विशेषज्ञ हुन् । केयूबाट एमबीबीएस र एमडी गरेकी गुमागाईं चेन्नइबाट आईभीएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन् । उनीसँग काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ ।
केयूबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन् । उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन् ।
अल्का अस्पतालले अहिले स्तरउन्नतिसँगै अल्का आईभीएफ सेवा शुरु गरेको छ । सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको छ अस्पतालको दावी छ ।
प्रतिक्रिया 4