+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेडिकल कलेजको शुल्क अध्ययन गर्न अनुगमन टोली गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:४६

२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो ।

बुधबार शिक्षा. विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी मेडिकल कलेजहरुले बढी शुल्क लिएको पाइए चिकित्सा शिक्षा ऐन अनुसार सम्बन्धन खारेजसम्मको कारबाही गर्न सकिने बताएका छन् ।

मेडिकल कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको वा नलिएको विषयमा अध्ययन गर्न आयोगले अनुगमन टोली नै गठन गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेडिकल कलेजहरुलाई विगमा शिक्षा र गृह मन्त्रालयले निर्धारित भन्दा बढी शुल्क नलिन निर्देशन दिएको भन्दै विज्ञप्तिमा बढीशुल्क लिएको पाइए चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ अनुसार सम्बन्धन खारेजको कारबाही गर्न सक्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?