+
+

‘जी ले जरा’मा कट्रिनाको जोडी बन्न विक्कीलाई अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:३३

२७ पुस, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही समयअघि वैवाहिक जीवनमा बाँधिए । गुपचुप रुपमा केही वर्ष प्रेम गरेका यी दुईले विवाह घोषणा गर्दा उनीहरुका फ्यान ‘सरप्राइज’ नै भए ।

विवाहपछिको केही दिनमै विक्की चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको ‘टाइगर ३’को छायांकनको नयाँ सेड्युल भने शुरु हुन सकेको छैन । उनी नयाँ चलचित्र ‘जी ले जरा’मा काम गर्दैछिन् । यो चलचित्रमा कट्रिनासँगै प्रियंका चोपडा र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका निर्माता फरहान अख्तर आफैं पनि अभिनय गर्ने तयारीमा छन् । तर, अब फरहानले चलचित्रमा अर्का एक नायकलाई पनि समावेश गर्ने तयारी थालेका छन् ।

चलचित्रका लागि अधिनेता विक्की कौशललाई अफर गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विक्कीलाई चलचित्रमा जोड्दा यसको चर्चा अझै हुने सोच निर्माणपक्षको रहेको समाचारमा उल्लेख छ । किनकि, यो चलचित्रमा विक्कीले कट्रिनाको जोडीको रुपमा काम गरेको खण्डमा दर्शकमा नयाँ उत्साह पैदा हुनेछ । साथै, विवाहपछि विक्की र कट्रिनाले सँगै काम गर्ने पहिलो चलचित्र पनि यही बन्नेछ ।

यो चलचित्र तीनजना महिलाको कथामा केन्द्रित रहेको छ । चलचित्रलाई जोया अख्तर र रीमा काग्तीले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?