+
+

एक महिनामा श्री एयरलाइन्सले थप्यो दुई जहाज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:५९

१४ माघ, काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक महिनाको अवधिमा दुई एयरक्राफ्ट थपेको छ । एक महिना अगाडि एक जहाज थपेको श्रीको थप एक जहाज शुक्रबार काठमाडौं आउँदैछ ।

भारतबाट साँझ ८ बजेसम्म काठमाडौं आइपुग्ने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार श्रीले पछिल्लो समय क्यू४००-८ विमान थप गरेको हो । यो जहाज ८० सीट क्षमताको हो । क्यानडमा बनेको यो जहाजमा दुई इन्जिन छ । यी दुई जहाजको कलसाइन ९एन-एएनआर र ९ एन-एएनएस राखिएको छ ।

कम्पनीका अनुसार अब श्रीसँग कुल ८ वटा ठूला जहाज पुगेको छ । श्रीसँग यसअघि नै ड्यास क्यू ४०० जहाज दुई वटा थिए । यसबाहेक सीआजे २०० (५० सिटे) र सीआरजे ७०० (७० सिटे) जहाज दुई/दुई छन् ।

यसबाहेक कम्पनीसँग ६ वटा एमआइ१७ हेलिकोप्टर र दुई वटा एएस३५० बी३ई हेलिकोप्टर रहेका छन् । थप जहाजबाट श्रीले अब तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा उडान थप  गर्ने र   साविकका गन्तब्यमा उडान संख्या थप्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?