+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

दार्चुलामा विद्युतीय उपकरणसहितको बेलुन खसेपछि…

भारतीय पक्षले हावाले उडाएर नेपालतिर गएको बताए पनि बरामद उपकरण के हो भन्ने बुझ्न नेपाली प्राविधिकसँग पनि परामर्श गरिरहेका छौं – प्रमुख जिल्ला अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते २१:१९

२९ माघ, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–३, खारमा शुक्रबार राति ८ बजेतिर एउटा बेलुन खस्यो । स्थानीय गएर हेर्दा बेलुनमा तीन वटा ब्याट्री भएको विद्युतीय उपकरण थियो ।

भारतीय सीमा क्षेत्रबाट आएको बेलुनमा विद्युतीय उपकरण देखेपछि स्थानीयले जनप्रतिनिधिलाई खबर गरे । जनप्रतिनिधिमार्फत प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसम्म खबर पुग्यो ।

प्रहरीले बेलुन नियन्त्रणमा लियो र उक्त उपकरणबारे प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो ।

‘बेलुनमा एउटा सम्पर्क नम्बर पनि थियो, त्यसमा फोन गरेर हेर्दा देहरादुनको मौसम विभागमा फोन उठ्यो’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, ‘विभागले मौसम सम्बन्धी सूचना संकलनका लागि डिभाइस राखेर उठाउँदो रहेछ, त्यो हावाले नेपालतिर ल्याएको भन्ने कुरा आयो ।’

उपाध्यायका अनुसार यसअघि पनि विभागले उडाएको बेलुन वेलाबखत नेपालमा झर्ने गरेको पाइएको छ ।

उपकरणमा मौसम सम्बन्धी जानकारी लिने सामग्री मात्रै थिए वा के हो भन्ने विषयमा अनुसन्धान गर्न बरामद गरिएको उनले बताए ।

उपाध्यायले अनलाइनखबरसँग भने, ‘भारतीय पक्षले हावाले उडाएर नेपालतिर गएको बताए पनि बरामद उपकरण के हो भन्ने बुझ्न नेपाली प्राविधिकसँग पनि परामर्श गरिरहेका छौं ।’

उनका अनुसार बेलुनमा पनि ‘कसैले फेला पारे मौसम विभागमा सम्पर्क गर्न भन्दै नम्बर’ उल्लेख गरिएको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?