+
+

मार्गप्रशस्त नगरेकाले महाअभियोग : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १२:१२

१ फागुन, काठमाडौं । न्यायलयको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको बताएको छ ।

जबराविरुद्ध पाँच दलीय गठबन्धनका ९८ सांसदले आइतबार मात्र महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निश्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’

लामो समयसम्म न्यायालयको समस्या अदालतभित्रबाट हल होस् भन्ने चाहेको भए पनि प्रधानन्यायाधीश जबराले निकास नदिएको उनले बताए । ‘निकास दिन सक्ने अवसर छ, मार्ग प्रशस्त गर्ने अवसर छ । डेडलक खुलाउन सक्ने आधार सम्भावना छ भनेर विभिन्न ढंगले आग्रह पनि गरेको हौं’ उनले भने, ‘डेडलक फुकाउन तयार हुन भएन । बाध्य भएर यो कदम चाल्नुपर्ने अवस्था आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?