१८ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनका लागि नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर अब उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताए । उन नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेन्डा बनाउने बताए ।
नेता गुरुङले भने, ‘नेपाली अर्थतन्त्र उत्पादनमुखी बनाउन हामीले जोड दिएका छौं । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ ।’
गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरूलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उनको दाबी छ ।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने उनले बताए । विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्रमा ल्याउने दाबी उनले गरे ।
घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताए ।
प्रतिक्रिया 4