२७ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
शनिबार एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्,’ गुरुङले भने, ‘कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन् । मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’
साथै, उनले कम्युनिस्टहरू एक नभइ समाजवादी प्रणाली स्थापना गर्न कठिन भएको बताए ।
‘नेपालको कम्युनिस्ट आन्दोलन विखण्डन हुँदै आएको छ । यसलाई एकताबद्ध नगरी लोकतन्त्रको रक्षा गर्न कठिन छ । समाजवादी प्रणालीको स्थापना गर्न कठिन छ,’ उनले भने ।
यसअघि भएका कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको उल्लेख गर्दै यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।
‘यसअघि कम्युनिस्ट एकतालाई निरन्तर बनाउन सकेनौं । त्यसबाट पाठ सिक्दै मुलुकको लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको विकल्प छैन,’ उनले भने ।
प्रतिक्रिया 4