+
+

जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:०६

३ फागुन, काठमाडौं । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।

३ फागुनमा बसेको आयोगको निर्णयअनुसार जनता प्रगतिशील पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार बुझेका छन् ।  आयोगमा पार्टीको दर्ता नम्बर १७९ रहेको छ ।

पार्टीको कार्यालय काठमाडौं महानगरपालिका-१० मा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?