१७ भदौ, काठमाडौं । त्रिवेणी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको १५३ औं सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी आगामी साधारणसभाले पारित गरेपछि सो निर्णय कार्यान्वयन हुनेछ ।
त्रिवेणीले गत आर्थिक वर्षमा प्रतिसेयर २५.५० रुपैयाँ आम्दानी हुने गरी ३ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी २४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।