
काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा कम्पनीको शोरुम विस्तार गरेको छ । सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिबाट बिक्री शुरु गरेको हो ।
टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।
टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनुसार कम्पनीले आफनो सञ्जाल देशैभर फैलाउने क्रममा उक्त शोरुम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।
नयाँ शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सका अजित सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापती, विभिन्न विभागका प्रतिनिधिहरुलाई जेबी अटोमोटिभका अध्यक्ष जेबी घिसिङ र ज्योती बानियाँले गरेका थिए ।
प्रतिक्रिया 4