+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देवदहमा गाउँलेसँग एक करोड उठाएर महिला फरार

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असार १६ गते १८:३४

१६ असार, बुटवल । रुपन्देहीको देवदहमा एक महिलाले एक करोड रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गरेका छन् ।

पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा साझेदारी, सापटी, धितो जमानी, सामान खरीद लगायतका वहानामा १८ जना भन्दा बढीसँग रकम संकलन गरेर डेढ वर्षदेखि सम्पर्कविहीन भएकी हुन् । उनले एक जनासँग ६० हजारदेखि १५ लाखसम्म रकम लिएर कुल एक करोड भन्दा बढी रकम असुलेको स्थानीयको भनाइ छ ।

भूमिकालाई पैसा दिने कतिपयले विश्वासका आधारमा विना कागज नै पैसा दिएका छन् भने कतिपयले लिखत गरेर दिएका छन् । पैसा फिर्ता पाउने आशमा बसेका स्थानीयले भूमिका सम्पर्कमै नआएपछि पत्रकार सम्मेलन गरेर उनलाई खोजी गरेर रकम फिर्ताको पहल गरिदिन सरकारी निकायसंग माग गरेका छन् । उनीहरुले सामूहिक रुपमा देवदह प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् । भूमिकासँगै उनका श्रीमान समरबहादुर पनि सम्पर्कविहीन छन् ।

देवदह नगरपालिका–७ तल्लो खैरेनीकी गीता रानाले फुपु नाता जोडेर एक महिनाका लागि १० लाख सापटी मागेर लगेको तर दुई वर्ष पुग्दा समेत अत्तोपत्तो नभएपछि प्रहरीमा उजुरी गरेको बताइन् । ‘श्रीमान्को कोभिडका कारण मृत्यु भयो, आफूले सापटी दिएको पैसा नपाएपछि नाबालक छोराछोरी पाल्ने दैनिक मजदुरी गर्न वाध्य छु’, गीताले भनिन्, ‘प्रहरी प्रशासनले खोजी गरेर रकम फिर्ता गरिदिए ठूलो राहत मिल्ने थियो ।’

गीतासँग जस्तै भूमिकाले देवदह नगरपालिका–७ का खगेन्द्र शर्मा, शान्ता ज्ञवाली, देवदह नगरपालिका–६ कि चुनिसरा सारुसँग पनि रकम लिएकी छन् । भूमिकाले देवदहकै साना किसान सहकारीबाट लिएको ऋण पनि नतिरेको सहकारीले जनाएको छ ।

देवदह प्रहरी चौकीका इन्स्पेक्टर गंगा सारुले पीडितले उजुरी दिएको बताए । फरार महिलाको खोजी कार्य र अनुसन्धान भइरहेको पनि उनले जनकारी दिए ।

हेर्नुहोस् पीडितले प्रहरीसमक्ष दिएको उजुरी

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?