+
+
Shares

४० बढी महिलालाई ठगी गर्ने युवक समातिए

पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १३:१०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बूलाई ४० बढी महिलालाई सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
  • अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले भने, उनले ह्वाट्स एपमार्फत महिलालाई प्रेममा पारेको नाटक गरी पार्सल लिन ट्याक्स बुझाउन लगाएर ठगी गरेको पाइएको छ।
  • एक महिलाले ठगीको उजुरी दिएकी छिन् र उनीमाथि २ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

११ वैशाख, काठमाडौं । ४० बढी महिलाहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले ह्वाट्स एपमार्फत ४० बढी महिलालाई सम्पर्क गरी ठग्नका लागि प्रलोभनमा पारेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

अहिले भने एक महिलाले ठगीको आरोपमा उनीविरुद्ध उजुरी दिएकी छिन् । ती महिलाको २ लाख ठगी गरको आरोप थेगिममाथि छ ।

सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र प्रेममा पारेको नाटक गरी पार्सल पठाएको बताउने अनि उक्त सामान एयरपोर्टमा आइसकेको र लिनका लागि ट्याक्स बुझाउनु पर्ने भन्दै रकम हाल्ने लगाएर उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?