+
+

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:१६

१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ । तर कसरी विमानस्थल निर्माण अघि बढाउने भन्नेबारे सरकार अनिर्णित छ ।

प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल अघि बढाउने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने बताएका छन् । कास्कीबासीको चाहना पुरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?