News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
- आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए र न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले धरौटी रकम माग गरेको थियो।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यमाथि पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएको आरोप लगाएको थियो।
९ चैत, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो ।
आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।
‘उहाँसँग २ लाख ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो । उक्त रकम बुझाएर उहाँ गइसक्नु भयो,’ उनले भने ।
आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया 4