
१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।
प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए ।
छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4