+
+

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनेबारे विविध विकल्पमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १९:३३

१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण सम्पन्न भई सञ्चालनमा आएका नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विकल्पबारे उच्चस्तरीय सरकारी अधिकारीसमक्ष छलफल गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा शुक्रबार बोलाएको बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन सचिव उदयराज सापकोटासहितका उच्च अधिकारी सहभागी थिए ।

बैठकमा प्राधिकरणले दुई वटा नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन विभिन्न विकल्पमा छलफल भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले विमानस्थलहरु राज्यका संरचना भएकाले यसको सञ्चालनका लागि सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुने बारे जानकारी गराएको छ ।

‘अन्तर्राष्ट्रिय रुपमा आन्तरिक विमानस्थल नाफामा जान १० वर्ष र अन्तर्राष्ट्रिय विमानस्थल नाफामा जान २० वर्ष लाग्ने अभ्यास छ,’ उनले भने, ‘हाम्रोमा सञ्चालनमा आएको एक वर्षमै घाटामा गयो भन्दै बढी प्रचार भइरहेको छ, यस परिस्थितिमा विमानस्थलमा विजनेश खोज्ने जिम्मेवारी र विकल्पबारे छलफल भएको हो ।’

सञ्चालनमा आएको ७० वर्षपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको भन्दै उनले नयाँ विमानस्थल चलाउन श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे छलफल भएको हो । विगतमा वायुसेवा कम्पनीलाई बाध्यकारी नियम ल्याउँदा पनि उडान नबढेको भन्दै उनले त्यो भन्दा बढी प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको निष्कर्ष प्राधिकरणको छ ।

‘काठमाडौंबाट बाहिर जाउ भनेर जबर्जस्ती गर्न खोज्दा हिँजो बरु उडान रद्द गर्न कम्पनी तयार भए,’ उनले भने, ‘यो अवस्थामा भैरहवा र पोखरामा यात्रु उपलब्ध हुने वातावरण बनाउने जिम्मेवारी राज्यका सबै निकायको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?