Comments Add Comment

नेपाल सेमिफाइनलबाट बाहिरियो

१४ मंसिर, काठमाडौं । अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल ट्वान्टी-२० विश्पकप छनोट क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल आगामी वर्ष बंगलादेशमा हुने विश्वकपका लागि भने छनोट भइसकेको छ ।

Nepali-cricket-team

नेपालले प्रस्तुत गरेको ९१ रनको लक्ष्य अफगानिस्तानले १५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका अभिनाश कर्णले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट हात पारे । निकै महंगो बलिङ गरेका कप्तान पारस खड्काले १ ओभरमा १७ रन दिए ।

यसअघि अबुधाबीमा टस हारेर व्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९० रन बनाएको थियो । सुरुवात देखि नै खराब प्रदर्शन गरेको नेपालको स्कोर बोर्डमा ४ रन हुँदा सागर पुन व्यक्तिगत २ रनमा पहिलो विकेटका रुपमा आउट भएका थिए । नेपालका लागि सरद भेसवाकरले २८ बलमा अजिवजित २७ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल १४, कप्तान पारस खड्का १३ रनमा आउट भए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।

बसन्त रेग्मी ८ रनमा आउट भए भने जितेन्द्र मुखियाले ६ रनमा अविजित रहे । प्रदिप ऐरीले ७, सुवास खकुरेल र विनोद भण्डारी ३-३ रन बनाए भने शक्ति गौचन २ रनमा नै आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment