+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 6

हाइब्रिड फन्ड भनेको के हो ?

२०८० चैत  १९ गते १८:३८ २०८० चैत १९ गते १८:३८

अधिकांश लगानी सल्लाहकारले लगानीकर्तालाई उनीहरूको वित्तीय लक्ष्य, जोखिम सहनशीलता र लगानीको अवधिका आधारमा लगानी योजना बनाउन भन्छन् । प्रत्येक व्यक्तिको आवश्यकता र आकांक्षा फरक हुन्छ । लगानीकर्तालाई उच्च जोखिम वा कम जोखिम लिने व्यक्तिको रूपमा वर्गीकरण गर्न कठिन  हुन्छ । यस्तो अवस्थामा हाइब्रिड म्युचुअल फन्ड उपयोगी हुन्छ ।

योजनाको लगानी लक्ष्य पूरा गर्न सिर्जना गरिएको डेब्ट (ऋणपत्र) र इक्विटी (शेयर) जस्ता सम्पत्तिहरूमा मिश्रित लगानी गर्ने म्युचुअल फन्ड हाइब्रिड फन्ड हो । प्रत्येक हाइब्रिड फन्डमा विभिन्न प्रकारका लगानीकर्तालाई लक्षित इक्विटी र ऋणको फरक–फरक संयोजन हुन्छन् ।

हाइब्रिड फन्ड कसरी सञ्चालन हुन्छ ?

हाइब्रिड फन्डले लगानीकर्तालाई दीर्घकालीन पूँजी वृद्धि र लगातार प्रतिफल प्रदान गर्ने हेतुले सन्तुलित पोर्टफोलियो निर्माण गर्ने लक्ष्य राख्छ । कोष प्रबन्धकले योजनाको लगानी लक्ष्यमा आधारित पोर्टफोलियो बनाउँछ र ऋण तथा इक्विटी धितोपत्रहरूमाथि विभिन्न अनुपातमा लगानी गर्छ ।

हाइब्रिड फन्डमा कसले लगानी गर्नुपर्छ ?

हाइब्रिड कोषलाई ऋण कोष भन्दा जोखिमपूर्ण तर इक्विटी कोषभन्दा सुरक्षित मानिन्छ । ऋण कोषहरू भन्दा राम्रो प्रतिफल र कम जोखिमयुक्त लगानी रोज्नेले यस्तो फन्डमा लगानी गर्न रुचाउँछन् । यसबाहेक हाइब्रिड कोषहरू प्रायः नयाँ लगानीकर्ताहरूका लागि पहिलो रोजाइ हुनसक्छ, जो स्टक बजारमा प्रवेश गर्न हिचकिचाउँछन् ।

हाइब्रिड कोषहरूमा लगानीकर्ताहरूले तीव्र बजार उतारचढावबाट आफूलाई सुरक्षित राख्दै लगानीमा अधिकतम प्रतिफल हासिल गर्न सक्छन् ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !