म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी
म्युचुअल फन्ड आफैंमा यस्ता संस्था हुन् जसमा स–सानो रकम जम्मा गरी एउटा ठूलो कोष बनाइन्छ र त्यसलाई लगानीकर्ताको हितका लागि वा लगानीको राम्रो प्रतिफलको लागि विभिन्न धितोपत्रमा लगानी गरिन्छ । सामान्यतया व्यक्तिगत लगानीकर्ता भन्दा फरक धारमा म्युचुअल फन्डहरूको लगानी हुन्छ ।
कुनै व्यक्तिगत लगानीकर्ताले कुनै ‘ए’ भन्ने कम्पनीको शेयर खरिद गर्छ र निश्चित समय भन्दा पहिला नै नाफा देखिएमा शेयर बिक्री गरी बाहिरिन सक्छ तर म्युचुअल फन्डहरूले गरेको लगानी परिपक्व हुने अवधि अनुरूपको दीर्घकालीन लगानीमा हुने सामान्य नाफाहरूलाई बुक गर्दै कम्पनीले दिने लाभांश र बोनसहरूलाई विशेष प्राथमिकता दिएको पाइन्छ । धेरैजसो म्युचुअल फन्डहरूको खरिदलाई हेर्ने हो भने अल्पकालीन लगानी भन्दा दीर्घकालीन लगानीलाई जोड दिएको पाइन्छ ।
तपाईं शेयर बजारमा प्रवेश गर्न चाहनुहुन्छ तर तपाईंसँग पर्याप्त पूँजी, समय र ज्ञान छैन भने म्युचुअल फन्डहरू तपाईंको लगानीको सुरक्षा निम्ति उपयोगी हुन्छ । किनकि म्युचुअल फन्डहरूले शेयर बजारमा आवश्यक अनुसन्धान, विश्लेषण तथा सूचनाका लागि विभिन्न क्षेत्रका विज्ञहरूको सुझाव अनुरुप लगानी गर्छन् ।
कम्पनीले कस्तो प्रतिफल दिन सक्छ वा आधारभूत विश्लेषण, आर्थिक प्रतिवेदन विश्लेषण, राजनैतिक विश्लेषण, विश्व अर्थतन्त्रले पार्ने प्रभावको विश्लेषण र कम्पनीको प्राविधिक विश्लेषण विषय विशेषज्ञहरूले गरेका हुन्छन् । व्यक्तिगत लगानीकर्ता भन्दा म्युचुअल फन्डको कम्पनी छनोट विशेष हुनसक्छ । धेरै जोखिम भएका क्षेत्र वा स्टकहरूमा म्युचुअल फन्डले लगानी गर्दैनन् ।
म्युचुअल फन्डमा लगानी
म्युचुअल फन्ड व्यक्तिगत लगानीकर्ताहरूमाझ लोकप्रिय हुँदैछन् । लगानीकर्ताहरूले म्युचुअल फन्डमा लगानी कुनै पनि रकमबाट (न्यूनतम १००० रुपैयाँ) सुरु गर्न सक्छन् । धेरै कम्पनीका शेयर, बोन्ड, डिबेन्चर आदिको अध्ययन तथा विश्लेषण विना लगानी गर्न सकिन्छ । स्वचालित मासिक लगानी पनि गर्न सक्छन् जसलाई Systematic Investment Plan-SIP भनिन्छ ।
म्युचुअल फन्डमा कसरी सहभागी हुन सकिन्छ ?
शेयर बजारमा लगानी गर्न चाहने तर त्यस सम्बन्धी समय वा ज्ञान नभएका लगानीकर्ताले म्युचुअल फन्डमा पैसा लगाउन सक्छन् । तपाईं त्यस्तो लगानीकर्ता हुनुहुन्छ भने म्युचुअल फन्ड योजनामा सहभागी हुन सक्ने मुख्य तीन तरिका छन्–
१. सार्वजनिक निष्कासनको माध्यमबाट म्युचुअल फन्डका इकार्ई खरिद गर्न सक्नुहुन्छ । २. दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) बाट ब्रोकर मार्फत इकार्ई खरिद गर्न सक्नुहुन्छ । ३. कोष प्रबन्धकबाट सीधा खुलामुखी (Open-Ended) योजनाका इकाई खरिद गर्न सक्नुहुन्छ ।
धेरै पढिएका
म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...
नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...
एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...
ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...
लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...
नेपालमा म्युचुअल फन्डको इतिहास
म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
- नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
- म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी
- मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?
- डेब्ट फन्ड भनेको के हो ?
- हाइब्रिड फन्ड भनेको के हो ?
- इन्डेक्स फन्ड भनेको के हो ?
- के गैरआवासीय नेपालीहरूले म्युचुअल फन्डमा लगानी गर्न पाउँछन् ?
- डाइरेक्ट रेगुलर म्युचुअल फन्डबीच के भिन्नता छ ?
- एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
- लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
- ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
- फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?
- उपयुक्त म्युचुअल फन्ड कसरी छनोट गर्ने ?
- म्युचुअल फन्डका फाइदा/बेफाइदा के के हुन् ?
- म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
- नेपालमा म्युचुअल फन्डको इतिहास
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।