+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 10

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

२०८० चैत  १९ गते १८:४९ २०८० चैत १९ गते १८:४९

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा लगानी गर्ने एक अनुशासित र व्यवस्थित तरिका हो । एसआईपी (SIP) मा लगानीकर्ताले निश्चित म्युचुअल फन्ड योजनामा निर्धारित अन्तरालमा (मासिक, त्रैमासिक, अर्धवार्षिक) नियमित रूपमा लगानी गर्छ ।

लगानीकर्तालाई सबै खाले बजार अवस्थामा भाग लिने अवसर यसले दिन्छ । लगानीको रकम स्थिर रहँदा वा मूल्य कम हुँदा समयसँगै औसत लागतका आधारमा म्युचुअल फन्डको धेरै इकाई र मूल्य उच्च हुँदा थोरै इकाई खरिद गरिन्छ । SIP ले वित्तीय अनुशासनलाई बढावा दिन्छ र दीर्घकालीन सम्पत्ति निर्माणमा सघाउ पुर्‍याउँछ ।

SIP नेपाली लगानीकर्तामा लोकप्रिय हुँदैछ किनकि यसले बजारको अस्थिरता र समयको बारेमा चिन्ता नगरी अनुशासित ढंगले लगानी गर्न मद्दत गर्छ । म्युचुअल फन्डद्वारा प्रस्तावित प्रणालीगत लगानी योजनाहरू दीर्घकालीन रूपमा लगानीको संसारमा प्रवेश गर्ने सजिलो उपाय हो । यो लामो अवधिको लगानीका लागि महत्वपूर्ण छ । प्रतिफल अधिकतम गर्नको लागि यसमा चाँडै लगानी सुरु गर्नुपर्छ ।

SIP ले कसरी काम ?

SIP मार्फत गरिने लगानी विस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । जबसम्म तपाईंको लगानी भइरहन्छ तपाईंको पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ । बजार तपाईंको समय अनुसार हैन समय अनुसार तपाईं बजारमा जोडिनु आवश्यक छ ।

लगानीकर्ताले SIP छनोटको लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले SIP मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ । लगानीकर्ताले आफ्नो सुविधाको आधारमा चेक वा अनलाइनको माध्यमबाट लगानी रकम पठाउन सक्छन् ।

SIP क्याल्कुलेटरले तपाईंलाई SIP मार्फत गरिएको लगानीमा प्रतिफल अनुमान गर्न सिकाउँछ । SIP क्याल्कुलेटर लगानीकर्तालाई सम्भावित म्युचुअल फन्डहरूको सामान्य प्रतिफलको जानकारी दिने गरी  डिजाइन गरिएको हुन्छ । यद्यपि म्युचुअल फन्ड योजनाबाट आउने वास्तविक प्रतिफल विभिन्न कारकहरूमा निर्भर रहन्छ ।  SIP क्याल्कुलेटर अपेक्षित वार्षिक प्रतिफलको आधारमा तपाईंको वित्तीय लक्ष्य प्राप्त गर्न SIP रकम गणना गर्ने अनलाइन उपकरण हो ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !