नेपालमा म्युचुअल फन्डको इतिहास
NCM म्युचुअल फन्ड, २०५०
म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो खुलामुखी कोष थियो र यसको इकार्ई मूल्य १० रुपैयाँ थियो । पछि कोषलाई बन्दमुखी बनाइयो र नेप्सेमा सूचीबद्ध गरियो ।
नागरिक इकाई योजना, २०५२
नागरिक लगानी कोषले नागरिक इकार्ई योजना, २०५२ सञ्चालन गरेको थियो । यो पनि खुलामुखी कोष थियो । नागरिक इकाई योजना, २०५२ स्थापना गरी इकाई मूल्य रु.१०० मा सञ्चालनमा ल्याइएको थियो । यसले इकाई होल्डरहरूलाई लाभांशको रूपमा नियमित आम्दानी प्रदान गर्छ ।
एनसीएम म्युचुअल फन्ड, २०५९
एनसीएम पहिलो म्युचुअल फन्ड, २०५० को समाप्तिको क्रममा कोषले लगानीकर्ताहरूलाई लगानी फिर्ता गर्ने वा एनसीएम म्युचुअल फन्ड, २०५९ भनिने अर्को नयाँ योजनामा भाग लिन विकल्प दिएको थियो । एनसीएम म्युचुअल फन्ड, २०५९ को म्याच्योरिटी १० वर्षको थियो । यो क्लोज–एन्डेड फन्डलाई नेप्सेमा सूचीकरण गरी कारोबार थालिएको थियो ।
नेपाल धितोपत्र बोर्ड (SEBON) ले म्युचुअल फन्ड निर्देशन, २०६७ जारी गरेको थियो । नियमावली जारी भएपछि ‘क’ वर्गका बैंकहरूले नेपालमा म्युचुअल फन्ड स्थापना र सञ्चालन गर्न थालेका छन् । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम’ उक्त निर्देशनपछि आएको नेपालको पहिलो म्युचुअल फन्ड हो । जुन पाँच वर्षको परिपक्व अवधि भएको क्लोज–एन्डेड कोष थियो ।
नेपालमा, म्युचुअल फन्ड निर्देशन २०६७ बमोजिम, म्युचुअल फन्डबाट संकलित रकम पोर्टफोलियो प्रबन्धकले शेयर, ऋणपत्र, सरकारी धितोपत्र र मुद्दती निक्षेपमा लगानी गर्छन् । यस्तो लगानीबाट प्राप्त प्रतिफल वा नाफा समानुपातिक रूपमा लगानीकर्ताहरूलाई वितरण गरिन्छ । म्युचुअल फन्डको शेयर/युनिट खरिद गर्ने लगानीकर्तालाई इकाई होल्डर भनिन्छ ।
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ जारी गरेको छ । जसअनुरूप आजका मितिमा निम्न म्युचुअल फन्डहरू सञ्चालनमा छन् ।
(सूची राख्ने)
धेरै पढिएका
म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...
नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...
एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...
ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...
लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...
नेपालमा म्युचुअल फन्डको इतिहास
म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
- नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
- म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी
- मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?
- डेब्ट फन्ड भनेको के हो ?
- हाइब्रिड फन्ड भनेको के हो ?
- इन्डेक्स फन्ड भनेको के हो ?
- के गैरआवासीय नेपालीहरूले म्युचुअल फन्डमा लगानी गर्न पाउँछन् ?
- डाइरेक्ट रेगुलर म्युचुअल फन्डबीच के भिन्नता छ ?
- एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
- लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
- ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
- फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?
- उपयुक्त म्युचुअल फन्ड कसरी छनोट गर्ने ?
- म्युचुअल फन्डका फाइदा/बेफाइदा के के हुन् ?
- म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
- नेपालमा म्युचुअल फन्डको इतिहास
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।