+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 7

इन्डेक्स फन्ड भनेको के हो ?

२०८० चैत  १९ गते १८:४० २०८० चैत १९ गते १८:४०

निश्चित शर्तहरूका आधारमा सूचीकृत कम्पनी छनोट गर्ने र त्यसरी छनोट गरिएका कम्पनीको शेयर मूल्यमा आउने उतारचढावलाई मापन गर्ने गरी इन्डेक्स बनाउने चलन विकसित बजारहरूमा छ । सोही इन्डेक्सलाई नक्कल गर्दै बनाइएको म्युचुअल फन्डलाई इन्डेक्स फन्ड भनिन्छ ।

नेपालमा हालसम्म इन्डेक्स फन्ड सञ्चालनमा आएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३० इन्डेक्स’ नामक नयाँ सूचकांक सार्वजनिक गर्ने तयारी गरेको छ । यसले भविष्यमा इन्डेक्स फन्ड सञ्चालनमा सहयोग पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

NEPSE–30 इन्डेक्सलाई राम्रोसँग बुझ्नको लागि पहिले सूचकांकको अवधारणा बुझ्न जरूरी हुन्छ ।

कल्पना गर्नुहोस् कि तपाईं एउटा पेन्टिङ बनाउँदै हुनुहुन्छ । यसका लागि सावधानीपूर्वक रंगहरूको चयन गर्नुपर्छ । रंगको चयनले मात्र पेन्टिङ तयार हँदैन, स्केच पनि पूर्णरूपमा तयार हुनुपर्छ ।

त्यसैगरी एक सूचकांक एक विशिष्ट बजार वा खण्डको लागि एउटा पेन्टिङ जस्तै हो । यसले निश्चित मापदण्डको आधारमा सही ‘स्केच’ अर्थात् स्टकहरू चयन गर्छ । तिनीहरूलाई रंग (मूल्य ट्रयाक) लगाएपछि अन्तिम ‘तस्वीरको रूपमा’ सूचकांक प्राप्त हुन्छ । यसले बजारको घटबढको स्थितिलाई प्रतिबिम्बित गर्छ ।

नेपाल स्टक एक्सचेन्जमा समग्र बजार र समूहहरू ट्रयाक गर्ने विभिन्न सूचकांक छन् । केही सूचकांकहरू ठूला कम्पनीमा केन्द्रित हुन सक्छन् भने केही सानामा । केहीले एक विशिष्ट उद्योग ट्रयाक गर्न सक्छन्, अरूले सम्पूर्ण बजार ट्रयाक गर्न सक्छन् । सूचकांकहरू प्रयोग गरेर लगानीकर्ताहरूले फराकिलो बजारको तुलनामा उनीहरूको आफ्नो लगानीको अवस्था कस्तो छ भन्ने राम्रोसँग बुझ्न सक्छन् ।

इन्डेक्स गणनाका लागि छनोट गरिएको बास्केटमा रहेका अधिकांश स्टकको मूल्य बढेमा इन्डेक्स माथि जान्छ र घट्दा घट्छ । समग्रमा सूचकांकहरूले कसरी काम गर्छ भन्ने बुझ्दा लगानीकर्ताहरूलाई उनीहरूको पोर्टफोलियोहरू प्रबन्ध गर्ने बेलामा निर्णय लिन मद्दत गर्न सक्छ । सूचकांक एक कम्पास जस्तै हो जसले तपाईंलाई बजारको उतारचढाव मार्फत मार्गदर्शन गर्छ । तपाईंलाई आफ्नो वित्तीय लक्ष्यमा अडिग रहन मद्दत गर्छ ।

NEPSE–30 सूचकांकले के बुझाउँछ ?

नेप्से–३० सूचकांक नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने ३० कम्पनीहरूको शेयर छनोट गरी बनाइएको सूचकांक हो ।

उत्कृष्ट प्रदर्शन गर्ने स्टकहरूको आधारमा इन्डेक्स बनाउन ध्यानपूर्वक स्टक चयन गर्नुपर्छ । नेप्से–३० सूचकांकले नेप्सेको समग्र कार्यसम्पादन प्रतिनिधित्व गर्न बजार पूँजीकरण, तरलता र प्रतिफल जस्ता विशिष्ट मापदण्डका आधारमा स्टकहरू छनोट गर्छ । नेप्से–३० सूचकलाई पछ्याएर लगानीकर्ताले नेपाली शेयर बजारको समग्र स्वास्थ्यबारे राम्रोसँग बुझेर लगानीका नयाँ अवसर पत्ता लगाउन सक्छन् ।

नेप्से३० मा समावेश हुने मापदण्डहरू

() प्रति शेयर चुक्ता मूल्यभन्दा प्रति शेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तीमा ३ वर्ष नाफामा रहेको ।

() अघिल्लो आर्थिक वर्षमा प्रति शेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको ।

() कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि(फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि(फ्लोट बजार पूँजीकरण एक प्रतिशत भन्दा बढी रहेको ।

() शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको ।

() पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत रु.२५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको ।

() पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिन मध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको ।

समग्रमा, यी मापदण्डहरूले छनोटमा परेका कम्पनीहरू आर्थिक रूपमा स्थिर, राम्रो प्रदर्शन गरिरहेको र बजारमा उल्लेखनीय उपस्थिति रहेको संकेत गर्छ । नेप्से–३० सूचकांकमा समावेश हुने कम्पनीहरू लगानीकर्ताको नजरमा पर्न सक्छन् । यसलाई उनीहरूको वित्तीय स्वास्थ्य र कार्यसम्पादनको सकारात्मक सूचकका रूपमा हेर्न सकिन्छ ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !