+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 14

फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?

२०८० चैत  २० गते १३:१७ २०८० चैत २० गते १३:१७

लगानी व्यवस्थापन कम्पनीले ग्राहकलाई उसको वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्छ । एक व्यक्तिलाई आर्थिक रूपमा स्थिर र स्वतन्त्र बनाउन यी कम्पनीहरूले के के गर्छन् भनेर सोचिरहनुभएको छ भने जवाफ सरल छ– तिनीहरू एक निश्चित दृष्टिकोण, विश्लेषण र लगानी शैलीमा रहेर काम गर्छन् ।

सबै लगानी व्यवस्थापन कम्पनीको कार्यनीति एउटै ढाँचाको सेरोफेरोमा हुन्छ । कम्पनीको नियम अनुसार थोरै भिन्नता र परिवर्तनहरू हुनसक्छन् । कुनै सिकर्मीले जसरी आफ्नो सिर्जनालाई डिजाइन, मापन, निर्माण र अन्तिम टच दिन्छ त्यसरी नै कम्पनीहरूले पनि लगानीकर्ताको प्रतिफललाई उच्च र दिगो बनाउने प्रयास गर्छन ।

लगानीकर्ता र लगानी व्यवस्थापन कम्पनीबीच सुरुमा गहन छलफल हुन्छ । लगानीकर्तालाई के चाहिन्छ वा चाहिंदैन र उत्तम मार्ग के हुनसक्छ भनेर छलफल गरिन्छ । कम्पनीहरूले लगानीकर्ताले के हासिल गर्न चाहन्छ र त्यस अनुसार कस्तो योजनामा लगानी गर्न चाहन्छ भन्ने कुरा पहिले बुझ्नुपर्छ । यो लगानीकर्ताहरू बीच फरक–फरक हुनसक्छ । बलियो पोर्टफोलियो निर्माण, स्थिरता, बजारमा पहुँच प्राप्त गर्ने जस्ता महत्वपूर्ण कारकले लगानीकर्ताको लागि लगानी योजनाको आधार सिर्जना गर्छ । लगानीकर्ताले कति जोखिम लिन इच्छुक छ र उसले कति लगानी गर्न सक्छ भन्ने कुराले योजनालाई प्रभाव पार्न सक्छ । यदि लक्ष्य र लगानीकर्ताले व्यहोर्न सक्ने कुरा मिल्दो छैन भने लगानी कम्पनीले लगानीकर्तासँग मिलेर विकल्पहरू खोज्नुपर्ने हुन्छ । आवश्यक भएमा लगानीकर्ताले अन्तिम लक्ष्य पूरा गर्न लगानी योजनामा थपघट गर्नुपर्ने हुनसक्छ ।

लक्ष्य मूल्यांकन गरिसकेपछि रणनीतिक लगानी योजना तयार पारिन्छ । सम्पत्तिको पहिचान, जोखिम व्यवस्थापन, विविधीकरण र बजार प्रवृत्तिको विश्लेषण समग्र लगानी योजना बनाउनको लागि प्रयोग गरिन्छ । मुख्य लक्ष्य भनेको ग्राहकको सुरक्षा र सहजतासँगै जोखिम प्रबन्ध गर्दै प्रतिफललाई बढाउनु हुन्छ ।

एक पटक योजना तयार भएपछि कम्पनीले लगानीको पोर्टफोलियो निर्माण गर्छ । पोर्टफोलियो म्युचुअल फन्ड कम्पनी अनुसार भिन्न–भिन्न हुनसक्छन् । यी लगानीहरूमा स्टक, म्युचुअल फन्ड, घरजग्गा, कृषि वा अन्य लगानी योजनाहरू समावेश हुनसक्छन् । यो लगानी कम्पनीद्वारा नियमित रूपमा अनुगमन र व्यवस्थापन गरिन्छ । यसमा आवश्यकता अनुसार समायोजन गरिन्छ । नियमक निकायले पनि कहाँ कति लगानी गर्ने भन्ने सीमा तोकिदिएका हुन्छन् । हामीलाई थाहा छ कुनै पनि लगानीसँगै जोखिम आउँछ र लगानी कहिल्यै जोखिम मुक्त हुन सक्दैन । तर त्यस्ता जोखिमलाई पोर्टफोलियो व्यवस्थापनद्वारा कम गर्न वा असर कम गर्न सकिन्छ ।

समग्र लगानीको कार्यसम्पादन समीक्षा गर्नु एक महत्वपूर्ण पक्ष हो । लगानीले अपेक्षित नतिजा ल्याइरहेको छ वा छैन भन्ने यसले निर्धारण गर्छ । यसका लागि नियमित रिपोर्टहरू र पोर्टफोलियोको कार्यसम्पादन अवलोकन गर्नुपर्छ । लगानी ग्राहकको लक्ष्य र परिवर्तनशील बजारसँग मेल खाए नखाएको यसले सुनिश्चित गर्छ ।समीक्षा गरेपछि कम्पनीले आवश्यकता अनुसार पोर्टफोलियोमा समायोजन गर्ने सुझाव दिन सक्छ ।

लगानी व्यवस्थापन कम्पनीले ग्राहकसँग अनुकूल लगानी योजना तर्जुमा गर्न, पोर्टफोलियो बनाउन र व्यवस्थापन गर्न, गहिरो अनुसन्धान र विश्लेषण गर्न, जोखिम नियन्त्रण गर्न र प्रगति प्रतिवेदनहरू तयार पार्न सहकार्य गर्छन् । कुनै पनि व्यवसायमा लगानी सम्बन्धी सल्लाह लिन सकिन्छ ।

शुल्कहरू

धेरै पढिएका

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

म्युचुअल फण्ड

हाइब्रिड फन्ड भनेको के हो ?

योजनाको लगानी लक्ष्य पूरा गर्न सिर्जना गरिएको डेब्ट (ऋणपत्र) र इक्विटी (शेयर) जस्ता सम्पत्तिहरूमा मिश्रित लगानी गर्ने म्युचुअल फन्ड हाइब्रिड...

0 %

पढिसक्नुभयो !