+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 5

डेब्ट फन्ड भनेको के हो ?

२०८० चैत  १९ गते १८:३६ २०८० चैत १९ गते १८:३६

ट्रेजरी बिल, कर्पोरेट बन्ड, कमर्सियल पेपर लगायतका सरकारी तथा गैरसरकारी ऋणपत्र वा ऋणपत्र जस्ता धितोपत्रहरूमा केन्द्रित भएर लगानी गर्ने म्युचुअल फन्डलाई डेब्ट फन्ड (ऋण कोष) भनिन्छ । यस किसिमको वित्तीय औजारलाई निश्चित–आय धितोपत्र भनेर चिनिन्छ । यिनीहरूमा पूर्वनिर्धारित परिपक्वता मिति र खरिदकर्ताले प्राप्त गर्न सक्ने प्रतिफल निश्चित हुन्छ । बजारमा हुने परिवर्तनले प्रतिफलमा ठूलो प्रभाव पार्दैन । त्यसैले ऋण उपकरणमा लगानी कम जोखिमयुक्त मानिन्छ ।

ऋण उपकरणलाई क्रेडिट रेटिङ (साख मूल्यांकन) पनि गरिएको हुन्छ । यसले लगानीकर्ताहरूलाई ऋण निष्कासनकर्ताले सावाँ र ब्याज समयमै भुक्तानी गर्छ कि गर्दैन भन्ने जानकारी प्रदान गर्छ । ऋण कोष प्रबन्धकहरूले यी मूल्यांकनहरूको अध्ययन विश्लेषण गरेका हुन्छन् ।

कम जोखिम सहनशीलता भएका लगानीकर्ताका लागि ऋण कोषहरूमा लगानी उत्तम विकल्प हो । विभिन्न ऋण उपकरणमा भएको लगानी विविधीकरणले स्थिर प्रतिफलको अपेक्षा ऋण कोषहरूबाट गर्न सकिन्छ । यसमा जोखिम कम र प्रतिफल सामान्यतया अपेक्षित दायरामा हुन्छ । यसकारण कम जोखिम लिने लगानीकर्ताले डेब्ट फोकस म्युचुअल फन्डलाई रोज्न सक्छन् ।

धेरै पढिएका

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

नेपालमा म्युचुअल फन्डको इतिहास

म्युचुअल फन्ड निर्देशन, २०६७ जारी हुनुअघि एनआईडीसी क्यापिटल मार्केटले एनसीएम म्युचुअल फन्ड, २०५० (१९९३/९४ मा) स्थापना गरेको थियो । यो...

0 %

पढिसक्नुभयो !