+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी सांसद सापकोटा भन्छन् : कांग्रेसले माफी माग्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १८:५९

३ जेठ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा बिहीबार भएको गतिविधिका लागि कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरु उनलाई रोक्न गएका थिए ।

त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । दुबै दलका सांसदहरुबीच धकेलाधकेल भयो । बैठकपछि माओवादी सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङले उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनु असंसदीय भएको बताए ।

‘मर्यादालाई भुलेर जे गर्नुभयो, त्यो राम्रो भएन’, उनले भने, ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?