+
+
Shares

यस्तो छ प्रचण्डको पुनःनिर्माणको प्रस्ताव !

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ३ गते १७:०३

prachanda-and-baburam-and-h

३ माघ, काठमाडौं । संविधानसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्यासित हारको मुख्य कारण आन्तरिक भएको स्वीकार गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणको प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा केन्द्रदेखि जिल्लासम्मको नेतृत्वपंक्ति प्रतिक्रियावादीहरुसँगको सहकार्य र संवादमा चुर्लुम्म डुब्दै गएको स्वीकार गरेका छन् । ‘पार्टीको मूल नेतृत्वदेखि नेताहरुको मूल टिम आफ्नो वर्ग, आम जनता र कार्यकर्ताको मूल पंक्तिबाट क्रमशः कट्दै जाने र देशभित्र र बाहिरका प्रतिक्रियापादी वर्गका प्रतिनिधिहरुसँग दिनदिनै झण्डै २४ घण्टा सहकार्य, उठवस, खानपिन र सम्वादमा व्यस्त रहने अवस्था बन्दै गयो’ प्रतिवेदनमा भनिएको छ ।

पार्टीमा जनवादी केन्द्रीयताको प्रयोग हुन छाडेको, जनवादको स्थानमा व्यक्तिवादी र गुटवादी अराजकता तथा केन्द्रीयताको स्थान नोकरशाहीले लिँदै गएको, वैचारिक बहसको स्थान गुट, पूर्वाग्रह, कचिंगल र झगडाले लिँदै गएको भन्दै उनले आफ्नो प्रतिवेदनमा भनेका छन्(‘पार्टीको स्वरुप न त मास पार्टीको जस्तो न सर्वहारावर्गको अग्रदस्ता (भेङगार्ड) जस्तो बन्न पुग्यो ।’

पार्टी सदस्यहरु छाडा र मूल्य मान्यताविहीन बन्दै गएको भन्दै प्रचण्डले भनेका छन्-‘प्रतिक्रियावादी वर्गको प्रतिनिधि बनेर जनतामाथि जतिसुकै शोषण, उत्पीडन र दमन गरेको भएपनि माौखिक रुपमा स्वार्थवस पार्टीलाई समर्थन गर्छु भनेमा पार्टी सदस्य हुन पाउने स्थितिभन्दा ठूलो वर्ग चरित्रको ह्रास अरु के हुनसक्छ ?’ वर्ग दृष्टिकोण र वर्गीय निष्ठामा गम्भीर विचलन आएको भन्दै भन्दै उनले भनेका छन्-पार्टीका नेता कार्यकर्ताको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्द्रीय व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोँगी प्रकारको बन्दै गएको छ ।’

प्रचण्डले भेङगार्ड सिद्धान्तका आधारमा पार्टी पुनर्निमाण प्रक्रिया अघि बढाउने भन्दै पार्टी सदस्य बन्न विभिन्न मापदण्ड पूरा गर्नु पर्ने प्रस्ताव अघि सारेका छन् । लेवी बुझाउनुपर्ने, कमिटी बैठकमा नियमित आलोचना, आत्मालोचनाको प्रक्रियामा सहभागी हुनु पर्ने भन्दै प्रस्तावमा भनिएको छ-‘न्यूनतम आधार र शर्त पूरा नगर्ने वा गर्न नसक्ने व्यक्तिलाई पार्टी सदस्यता सूचीबाट हटाउने प्रक्रिया अघि बढाइने छ ।’

प्रतिवेदनमा मजदूर, किसान, महिला, दलित,जनजाति मधेसी लगायतका समुदायका उम्मेदवारलाई ३ देखि ६ महिना र उच्च वर्ग(पृष्ठभूमिबाट आएकालाई १ देखि २ वर्षसम्म परीक्षण कालमा राखेर मात्र पूर्ण सदस्यता प्रदान गर्ने उल्लेख छ ।

प्रचण्डको प्रस्तावमा संगठनात्मक समस्या गुणात्मक रुपमा समाधान गर्ने, गुटवन्दीको अन्त्य गर्ने भन्दै आगामी अधिवेशनप्रति उत्तरदायी हुने सानो आकारका कमिटीहरु बनाउने उल्लेख गरिएको छ । ९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका प्रचण्डले भनेका छन्-‘अबिलम्व स्थानीय जिल्ला र केन्द्रीय सम्मेलन गरी नयाँ नीति र स्प्रीट अनुसार नयाँ कमिटीहरु निर्वाचित गरिनुपर्छ ।’

प्रतिवेदनमा फागुनसम्म स्थानीय सम्मेलन गरेर वैशाख १५ भित्र जिल्ला र मसान्तसम्म केन्द्रीय सम्मेलन गर्ने उल्लेख छ । त्यसअनुसार जेठ पहिलो साताभित्र स्थानीय, जिल्ला र केन्द्रमा निर्वाचित कमिटीहरु गठन गरिसक्ने र संगठन विस्तार र सुदृढीकरणसँथै सविधान निर्माणका क्रममा जनपरिचालन र सडक संघर्षमा जोड दिने एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव छ ।

प्रचण्ड प्रस्तावको अंश

Mao-doc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?