+
+

वीरगञ्जबासीलाई तीन महिनामा साक्षर बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १७ गते ११:१८

१७ माघ, वीरगञ्ज । पर्साका निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाउने अभियान जिल्लामा सुरु भएको छ । साक्षर पर्सा अभियान कार्यक्रम २०७०/०७१ अन्तर्गत जिल्लाका २६ हजार निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाउने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज उपमहानगरपालिकाका ५ वडा र पर्साका १९ गाविसमा ९ सय १० केन्द्रमार्फत अनौपचारिक शिक्षा कक्षा सञ्चालन गरी २६ हजार निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने कार्यक्रमलाई अभियानकै रूपमा लागू गरिएको पर्साका जिल्ला शिक्षा अधिकारी हरि वस्तीले जानकारी दिए ।

वस्तीका अनुसार यो कार्यक्रमअन्तर्गत १५ वर्षभन्दा माथिका निरक्षर महिला र पुरुष दुवैलाई साक्षर बनाइनेछ । त्यसका लागि सबै क्षेत्रमा कक्षा सञ्च्ाालन हुने तयारी भइरहेको छ ।

यो अभियानअन्तर्गत अनौपचारिक शिक्षा कक्षा सञ्चालनका लागि जिल्लाका २४ वटा सरकारी तथा गैरसरकारी संस्था र त्यसको अनुगमनका लागि पनि २४ वटा संस्थालाई छनोट गरिएको छ । शिक्षा अधिकारी वस्तीले भन्नुभयो- “यो अभियानअन्तर्गत १८ हजार २ सयलाई पूर्ण अनुदान र सात हजार ८ सयलाई साझेदारीको आधारमा अनौपचारिक कक्षा सञ्चालन गरी साक्षर बनाइनेछ ।”

अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका लागि पहिलो चरणमा अनौपचारिक शिक्षा सञ्चालन गर्ने र ९ सय १० जनालाई तालिम दिइने कार्य सुरु गरिएको तथा माघ २५ गतेदेखि जिल्लाभरि अनौपचारिक शिक्षा कक्षा सञ्चालन गरिने पनि वस्तीको भनाई छ ।

पर्साको ठोरीबाहेक सबै गाविसमा अनौपचारिक शिक्षा कक्षा सञ्चालनका लागि भोजपुरी भाषामा शैक्षिक सामाग्री तयार पारी कक्षा सञ्चालन गर्ने सम्बन्धित सहजकर्तालाई उपलब्ध गराई सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?