+
+
Shares

राराको होटलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

होटलमा आगलागी भएपछि त्यहाँ रहेका पाहुनालाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते ८:४६

१५ फागुन, मुगु । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्ण रूपमा नष्ट भएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरी आफू पनि घटनास्थलतर्फ गइरहेको बताए । ‘आगो नियन्त्रणमा त आइसकेको छ।  तर बाँकी के कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन’, उनले भने ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?