+
+

राजधानीको बेहाल : हिउँदमा धुलो, वर्षामा आहाल (फोटो फिचर)

राजधानीबासीले हिउँदभर धुलोको सास्ती खेपे । अब वर्षा सुरु भएपछि पानीले समस्या सुरु भएको छ । अव्यवस्थित शहरीकरण र ढलको सही निकास नहुादा काठमाडौं उपत्यकामा वानी पर्दा सडकमा हिड्न नसकिने अवस्था आउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १६ गते १७:५०

हिउँदभरि सडकमा धुलोको सास्ती खेपेका राजधानीवासीका लागि झरी पर्न थालेपछि अब जुत्ता फुकालेर हिँड्नुपर्ने स्थिति आएको छ । वर्षायाम सुरु भएपछि सामान्य पानी पर्दा पनि राजधानीबासीलाई सडकमा निस्कन महाभारतको युद्ध लडेसरह हुन थालेको छ ।

अव्यवस्थित शहरीकरण र ढलको सही निकास नहुँदा काठमाडौं उपत्यकामा पानी पर्दा सडक आहाल वा खहरे खोलोमा परिणत हुने गरेको छ । सोमबार दिउँसो पानी परेपछि ललितपुरको मंगलबजारको हालत धान रोप्न तयार पारेको खेत यस्तै बन्यो ।

Mangalbazar ma pani jam (4)

मंगलबजारमा रहको ढुंगेधारा तालमा परिणत भएपछि गृहिणीहरुले धारामा पानी भर्नसमेत नसक्ने स्थिति आयो । सडकमा सवारी चालकहरुले जल यातायात चलाएजस्तै दृश्य देखिन्थ्यो । सडकमै खोलो दौडिएपछि वयस्कलाई भन्दा बढी विद्यालयबाट घर र्फकने वालवालिकालाई बढी सकस परेको थियो । 

विदेशी पर्यटकहरु पहिलोचोटि ओर्लने राजधानीकै हालत यस्तो छ भने नेपालको अन्य शहर र गाउँमा राज्यले गरेको विकासको अवस्था कस्तो होला ? देशको बजेट राजधानीमा खन्याएर प्रत्येक वर्ष ठेकेदारले सडक पीच गर्नेदेखि ढल बनाउने कार्य गरिरहेका देखिए पनि राजधानीको सडकले सरकारलाई यसरी गिज्याइरहेको छ :

Mangalbazar ma pani jam (2) Mangalbazar ma pani jam (3) Mangalbazar ma pani jam (5) Mangalbazar ma pani jam (8) Mangalbazar ma pani jam (10) Mangalbazar ma pani jam (11) Mangalbazar ma pani jam (12) Mangalbazar ma pani jam (14) Mangalbazar ma pani jam (15) Mangalbazar ma pani jam (16) Mangalbazar ma pani jam (17) Mangalbazar ma pani jam (18) Mangalbazar ma pani jam (19)

तस्वीरः अजय महर्जन /अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?