 
																			१६ चैत, काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनका कारण शुक्रबार दिउँसोदेखि रातिसम्म रणभूमि जस्तै बनेको तीनकुने क्षेत्र आज भने सुनसान बनेको छ ।
राजावादीहरुले तोडफोडका साथै जलाएका घरहरू अहिले भग्नावशेष जस्तै देखिएका छन् । त्यस क्षेत्र आज शान्त भए पनि व्यापार व्यवसाय भने पूर्ण रुपमा सञ्चालनमा आएको छैन । आसपासका सटरहरू खुलेका छैनन् ।
राजावादीले कार्यक्रम आयोजना गरेको स्थलमा भने केही बालबालिकाहरू खेलिरहेका छन् । सडक पेटीहरुमा यात्रुहरू सवारी साधन पर्खेरिरहेका देखिन्छन् ।
राजवादीले विध्वंश गरेको क्षेत्रको सरसफाइ पनि गरिसकिएको छ । अहिले पनि त्यस क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ ।
तीनकुने क्षेत्रको आन्दोलन हिंसात्मक बन्दा शुक्रबार २ जनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक राजावादीहरूले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो भने एक जनाको गोली लागेर मृत्यु भएको हो ।
तस्वीरहरू : गौरव पोखरेल/अनलाइनखबर



 
  
  
 
 
   
 
 
  
 

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4