+
+

एकताको महाधिवेशन हुनेछः खनाल

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १०:०९

१९ असार, काठमाडौं ।  एमालेका अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनबाट पार्टी बैचारिक र सांगठानिक दुवै क्षेत्रमा अझ बढी एकतावद्ध हुने दाबी गरेका छन् । उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले नवौं महाधिवेशन एकताको महाधिवेशन हुने बताए ।

‘हामी यो महाधिवेशनबाट एमालेलाई एकताबद्ध र एकढिक्का बनाउछौं’ खनालले भने ‘बैचारिक एकता कायम भइसकेको छ, अब नेतृत्वमा सर्वसम्मति गरेर सांगठानिक एकता पनि कायम हुन्छ’ । खनालले सर्वसम्मतिबाट आफू अध्यक्ष हुन खोजेका छन् । तर, यसबारे उनले मन्तव्यमा केही पनि खुलाएनन् ।

खनालले महाधिवेशन बिना बिघ्नबाधा सम्पन्न हुने भन्दै व्यवस्थापकीय कामहरु पनि सम्पन्न भइसकेको बताए । उनले एमाले जति लोकतान्त्रिक पार्टी नेपालमा अरु नभएको दाबी गरे । मञ्चमै रहेका कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले भने ‘यो कुराले रामचन्द्रजीलाई पनि दुख्ने छैन, एमाले जति लोकतान्त्रिक दल अरु छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?