+
+

ब्राजिल र कोलम्बियाका समर्थकबीच प्लेट हानाहान

विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार विहान ब्राजिल र कोलम्बिया भिड्दैछन् । खेलाडीहरु मैदानमा भिड्नु अघि ब्राजिल र कोलिम्बयाका समर्थकबीच झडप भएको छ । ब्राजिलको एक रेष्टुरेन्टमा रहेका ब्राजिली र कोलम्बियाली समर्थकबीच घोचपेचसँगै भएको झडपमा प्लेट हानाहान भएको समाचारहरुमा जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते १९:५६

Disagreement: The two parties grapple with each other as things get out of control

विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार विहान ब्राजिल र कोलम्बिया भिड्दैछन् । खेलाडीहरु मैदानमा भिड्नु अघि ब्राजिल र कोलिम्बयाका समर्थकबीच झडप भएको छ ।

ब्राजिलको एक रेष्टुरेन्टमा रहेका ब्राजिली र कोलम्बियाली समर्थकबीच घोचपेचसँगै भएको झडपमा प्लेट हानाहान भएको समाचारहरुमा जनाइएको छ । त्यसक्रममा एक जना मानिस घाइते भएको र उनको सरीरबाट रगत बगेको तस्वीर एवं भिडियो सार्वजनिक भएको छ ।

झगडा स्थलमा कोलम्बियाली अभिनेता मानोलो कार्डोना र टेलिभिजन प्रस्तोता कारोलिना गुएरा पनि देखिएका थिए । यसैक्रममा ब्राजिली समर्थकले कोलम्बियाली फुटबल टोली बसेको होटल बाहिर पटका पड्काएर आगजनीको प्रयास गरेको बताइएको छ ।

Flashpoint: Arms are raised as security try to drag one of the men involved away

Quiet night out: It was not your typical restaurant scene as the fight breached the peace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?