 
															Photo Credit : PTI
								
																			काठमाडौं । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
मंगलबार राति होटलमा आगलागी हुँदा होटलका कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले जानकारी दिए ।
‘दुई बालबालिका र एक महिलासहित मृतकको संख्या १४ पुगेको छ । आगलागीका कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ,’ वर्माले भने, ‘होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतुराज होटलमा आगलागी हुँदा ८८ जना पाहुना थिए । करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् । ‘घाइतेहरू चाँडै निको होउन्,’ उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4