
फाइल तस्वीर
१९ वैशाख, काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने जनाएको छ ।
दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त फलाम कम्पनीमा निजी क्षेत्र ल्याएर सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् ।
उनले फलाम तथा खनिज पदार्थको उत्खननमा नयाँ प्रविधि प्रयोग गरिने पनि उनले बताएका छन् ।
उनले व्यावसायिक सम्भावना भएका रुग्ण उद्योगलाई व्यवस्थापनका उपयुक्त विधि अपनाइ पुनः सञ्चालन गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4