+
+
Shares

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा सुधार गर्न कार्यदल गठन गरेका छन्।
  • कार्यदलले अस्पतालको स्रोत र उपकरणको मूल्यांकन गरी सुधारका उपायहरू प्रस्ताव गर्नेछ।
  • अस्पतालको डिजिटलाइजेसन र सेवा प्रवाह सुधारका लागि विभिन्न पहलहरू सञ्चालनमा आएका छन्।

३१ वैशाख, काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्न भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।

वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको गठित कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत-साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।

तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य छन् ।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिंदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।

मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरुमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ ।

सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?