+
+
Shares

प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ११:००

२० जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।

बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन ।

आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे बैठकमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आजको संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?