+
+

जिल्ला प्रशासन बाँकेमा सिसिटीभीबाट निगरानी

२ साउन, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकलाई दिने सेवा प्रभावकारी बनाउन सीसीटीभीबाट निगरानी गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले कार्यालयको सेवालाई प्रभावकारी र पारदर्शी बनाउन कार्यालयमा ८ वटा सीसीटीभी जडान गरिएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २ गते १३:०४

आरपी सुवेदी

२ साउन, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकलाई दिने सेवा प्रभावकारी बनाउन सीसीटीभीबाट निगरानी गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले कार्यालयको सेवालाई प्रभावकारी र पारदर्शी बनाउन कार्यालयमा ८ वटा सीसीटीभी जडान गरिएको जानकारी दिए ।CC-TV-CDO-BANKE

सेवाग्राहीको धेरै चाप हुने मुद्दा फाँट, नागरिकता फाँट, प्रतिलिपी, राहदानी फाँट, गोलघर, मूल सडक र मुद्दाका अभियुक्त राखिने ठाउँ र प्रवेशद्धारलाई फोकस गरी सीसीटीभी राखिएको प्रजिअ ओलीले बताए । कार्यालयमा जडान सीसीटीभीको अपरेटिङ्ग सिस्टम आफ्नै कार्यकक्षमा रहेको जनाउँदै आवश्यक रेकर्ड समेत राखिने बताए ।

‘कार्यालयमा आउने सेवाग्राहीले सेवा लिँदा भएको समस्याबारे तत्काल कन्ट्रोल कक्षबाट प्रत्यक्ष निगरानी गर्ने भएकोले काममा सहजता हुने गरेको छ’, प्रजिअ ओलीले भने, ‘सीसीटीभी क्यामरा जडान भएपछि म कार्यालयमा नभए पनि रेकर्ड हेरेर सेवाग्राहीको गुनासो सुन्न सकिने भएकोले यो व्यवस्था प्रभावकारी हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?