
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्स्योरेन्सले साउन ६ देखि ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ।
- सेयरधनीहरूले १० कित्ता सेयरको लागि ३.४७८३ कित्ता नयाँ सेयरमा आवेदन दिन सक्नेछन्।
- हकप्रद सेयरको लागि योग्य सेयरधनीहरू जेठ ३० गतेअघिको दिनसम्म नै हुन आवश्यक छ।
२० असार, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयर साउन ६ देखि खुल्ने भएको छ । कम्पनीले कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत हकप्रद निष्कासन हुन लागेको हो । सेयरधनीले अंकित मूल्य १ सयका दरले आफूसँग भएको १० कित्ता बराबर नयाँ ३.४७८३ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
जेठ ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै हकप्रद सेयरका लागि योग्य हुने छन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईएमबी क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4