
४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरेका छन् ।
वैद्यको निवास पुगेर प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार वैद्यको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
भेटवार्तापछि प्रचण्डले भने, ‘आज कमरेड मोहन वैद्य ‘किरण’जीसँग भेट्न उहाँकै निवासमा गएँ । स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’
वैद्य पछिल्लो समय अस्वस्थ छन् । लामो अस्पताल बसाइपछि उनी डिस्चार्ज भएर निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4