+
+
Shares

कुलिङ पिरियडको गडबडीबारे संसद्का महासचिव पाण्डेसँग सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:४८

६ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ ।

सिंहदरवारस्थित समितिको सभाकक्षमै पाण्डेसँग सोधपुछ भएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कुटनतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो । यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिएको छ ।

तर, २ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निश्कृय बनाउने भाषा समेत विधेयकको प्रतिवेदनमा सँगै परेको भनेर प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति बनेको हो ।

नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले संघीय संसद सचिवालयका महासचिव पाण्डेयसँग समेत सोधपुछ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?