+
+

कांग्रेस पदाधिकारीको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते ११:५८

८ साउन, काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेपछि बस्नेछ ।Nepali Congress

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संविधान निर्माण लगायतका विषयमा छलफल हुने प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए । पदाधिकारीको वैठकमा २६ सभासद मनोनयन, सरकार सञ्चालनबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला एक महिना लामो स्वाथ्योपचारपछि अमेरिकाबाट फर्किएपछि पहिलो पटक बिहीवार पदाधिकारीको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिकामा रहँदा सरकारले गर्ने महत्वपूर्ण निर्णय पनि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?