+
+

ठेकेदार र उपभोक्ताको ढिलाईले धनकुटामा ३१ करोड फ्रिज

११ साउन, धनकुटा । ठेकेदार र उपभोक्ता समितिको ढिलाईले धनकुटामा ३१ करोड बढी विकास बजेट फि्रज भएको छ । ठेकेदार र उपभोक्ता समितिले जिम्मेवारी लिएको काम गर्न ढिलाई र हेलचेक्रयाईँ गरेपछि आर्थिक वर्ष ०७०/७१ धनकुटाबाट ३१ करोड रकम फ्रिज भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते १२:२०

सन्तोष रुचाल
११ साउन, धनकुटा । ठेकेदार र उपभोक्ता समितिको ढिलाईले धनकुटामा ३१ करोड बढी विकास बजेट फि्रज भएको छ । ठेकेदार र उपभोक्ता समितिले जिम्मेवारी लिएको काम गर्न ढिलाई र हेलचेक्रयाईँ गरेपछि आर्थिक वर्ष ०७०/७१ धनकुटाबाट ३१ करोड रकम फ्रिज भएको हो ।
धनकुटामा आएको दुई अर्व ७४ लाख रुपैयाँ मध्ये २ अर्ब ४३ लाख रुपैयाँमात्रै खर्च भएको कोष नियन्त्रण कार्यालय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट सबैभन्दा बढी सात करोड ७३ लाख रुपैयाँ फ्रिज भएको छ । फ्रिज रकममध्ये खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयबाट चार करोड ७० लाख, शहरी विकास तथा भवन निर्माण कार्यालयबाट दुई करोड ५८ लाख, ग्रामीण पुननिर्माण आयोजनाबाट दुई करोड २६ लाख र जिल्ला प्राविधिक कार्यालयबाट २२ लाख रुपैयाँ रकम फ्रिज भएको छ ।

जिल्ला विकास समितिको पनि ४६ लाख रुपैयाँ फ्रिज भएको छ । उपभोक्ता र ठेकेदारले काम नगरेकै कारण धनकुटा जिल्लामा एक दर्जन भन्दा बढी योजना सञ्चालन हुनै  सकेनन् । दर्जनबढी अन्य योजना अधुरो छन् ।

विकास योजनाको जिम्मेवारी लिएका उपभोक्ता समिति र ठेकेदारहरु साउनदेखि जेठसम्म कानमा तेल हालेर बस्ने गरेका छन् । उनीहरु असार लागेपछि मात्रै रकम कुम्ल्याउने दाउमा जबरजस्ती काम सक्न उद्यत्त हुन्छन् ।

वर्षेझरीमा गरिने कम गुणस्तरको कामको मुल्याङकन गर्दा धेरै रकम फ्रिज भएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी मुरारी वस्तीले बताए । कोष नियन्त्रण कार्यालयको रेकर्डमा पनि साउन देखि जेठ मसन्तसम्ममा पुँजीगत अनुदानमा भएको ५३ करोड मध्ये ६० प्रतिशत रकम मात्रै खर्च भएको छ । असार महिनामामात्रै ४० प्रतिशत बजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?