+
+
Shares

‘भ्वाइस’मा दुर्लभ र सुखद संयोग : विजेता र कोच दुबै महिला (तस्वीर)

‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला । जहाँ हरेक क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व देखिन्छ, त्यस्तो समयमा नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय छाप जमाउँदै, द भ्वाइसमा पनि जितको झण्डा गाड्न सफल हुनुभएकोमा कोच मेलिनालाई हार्दिक बधाई’ निर्देशक पौड्यालले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय टिभी शो ‘भ्वाइस किड्स’को चौंथो सिजनमा सोनाली राजभण्डारीले विजेता भएर १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
  • सोनालीले महिला कोच मेलिना राईको टिमबाट प्रतिस्पर्धा गरी पहिलोपटक महिला कोचकी महिला प्रतिस्पर्धीले ‘भ्वाइस’ उपाधि जितेकी हुन्।
  • निर्देशक लक्ष्मण पौड्यालले ‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला’ भएको उल्लेख गर्दै सफलतालाई नेपाली संगीत जगतको गौरव भनेका छन्।

काठमाडौं । लोकप्रिय टिभी शो ‘भ्वाइस किड्स’को चौंथो सिजनले विजेता प्राप्त गरेको छ । सोनाली राजभण्डारीले उपाधिसँगै १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

पहिलोपटक महिला कोचको टिमकी महिला प्रतिस्पर्धीले भ्वाइसको उपाधि जितेका हुन् । ‘भ्वाइस’ निर्देशक लक्ष्मण पौड्यालले यस्तो कुरा एसियाली मुलुकमा विरलै मात्रामा हुने बताए ।

सोनालीले कोच मेलिना राईको समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

‘द भ्वाइसको इतिहासमा दुर्लभ र सुखद संयोग- विजेता पनि महिला, कोच पनि महिला । जहाँ हरेक क्षेत्रमा अझै पनि पुरुषको प्रभुत्व देखिन्छ, त्यस्तो समयमा नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय छाप जमाउँदै, द भ्वाइसमा पनि जितको झण्डा गाड्न सफल हुनुभएकोमा कोच मेलिनालाई हार्दिक बधाई’ निर्देशक पौड्यालले लेखेका छन् ।

उनी अघि लेख्छन्, ‘त्यसैगरी, परदेशमा बस्दाबस्दै पनि नेपाली गीत-संगीतप्रतिको अटुट माया र सम्मान निरन्तर दिइरहेकी चेली सोनालीलाई पनि धेरै धेरै बधाई । तपाईंहरूको सफलता केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण नेपाली संगीत जगतको गौरव हो ।’

हिमालय टिभी र विश्वचर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस’का दुई संरचना ‘भ्वाइस अफ नेपाल’ र ‘भ्वाइस किड्स’का दुई संरचना आयोजना गर्दै आएको छ ।

तस्वीर : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?