+
+
Shares

‘कारागार पनि असुरक्षित भयो, अब सुरक्षा खोज्न कहाँ जाने ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १४:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रतिनिधिसभाको बैठकमा कारागार असुरक्षित भएको र कैदी बन्दीको ज्यानको सुरक्षा गर्न सरकार असफल भएको बताए।
  • साहले वीरगञ्ज र कैलाली कारागारमा कैदीहरूको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने र यसबारे जवाफ दिनुपर्ने माग गरे।
  • उनले कारागारमा कैदी बन्दीहरूले ४८ घण्टा नियन्त्रण लिएको र सुरक्षा निकाय फेल भएको उल्लेख गर्दै देशमा शान्ति र सुरक्षा नभएको टिप्पणी गरे।

२८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कारागार समेत असुरक्षित रहेको सन्देश प्रवाह हुनु समाजको हितमा नरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले कैदी बन्दीको ज्यानको सुरक्षा गर्न समेत नसकेको भनेर प्रश्न गरे ।

वीरगञ्ज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने भन्दै उनले सरकारले यसबारेमा जवाफ दिनुपर्ने माग उनले गरे ।

उपचार नपाएर साहको र झडपमा परेर चौधरीको मृत्यु भएपछि आजपा अध्यक्ष साहले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

‘यो हत्याको जिम्मेवारी कसले लिने सभामुख महोदय । कैदीबन्दीको हत्या हुन्छ, त्यसको जवाफ कसले दिने ? के त्यहाँको कैदीबन्दी दोषी हो कि सरकारको व्यथिति दोषी हो ? सरकारको प्रशासन दोषी हो कि सरकार दोषी हो ? कि कैदीबन्दी दोषी हो भन्ने गम्भीर प्रश्न उठ्छ । गम्भीर प्रश्न उजागर भएको छ,’ आजपा अध्यक्ष साहले भने ।

यो विषयमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।

‘सरकारका सम्बन्धित मन्त्री यसको जवाफदेही होस् । यसको जिम्मेवारी लिनुस् । किनकि अग्रिम सूचना हुँदाहुँदै कैलाली कारागारमा झडप हुन्छ । सरकारको सुरक्षा निकाय फेल हुन्छ । कैदीबन्दीले ४८ घण्टा कारागार आफ्नो नियन्त्रणमा लिन्छन् । यो घटनाक्रमले धेरै कुरा उजागर गरेको छ,’ उनले भने ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति, सुरक्षा र अमनचयन नभएको अवस्थामा कारागार पनि असुरक्षित बनेको टिप्पणी गरेका छन् ।

कारागार पनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर उनले प्रश्न गरेका छन् ।

‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागारपनि असुरक्षित हुन थाल्यो । सरकारको कस्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटामात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरूको लुट र भ्रष्टाचार ।’

कारागारमा भएको कैदबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भए पनि घटना हुनु दुखद् भएको उनको टिप्पणी छ ।

कारागार नै कैदीबन्दीहरूले ४८ घण्टासम्म नियन्त्रण लिएको घटनाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भइसकेको साहको दाबी छ ।

त्यहाँ भएको आर्थिक अनियमितता, लेनदेनका कुरादेखि लिएर लागुऔषध ओसारपसार, हातहतियारको विषयहरू उजागर भएको उनले बताए ।

शान्ति, सुरक्षा दिन सरकार असफल भएको टिप्पणी गर्दै उनले अब नाइके, चौकीदारको पनि सरकारले भागबन्डा गर्न कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?