+
+
Shares

मनसुन केही कमजोर, आज कहाँकहाँ छ वर्षाको सम्भावना ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विभागले आज देशभर सामान्य बदली रहने र बागमती र कोशी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
  • मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेकाले मनसुन केही कमजोर बनेको खुलाएको छ।
  • कोशी, मधेश, सुदूरपश्चिम र बाँकी प्रदेशका केही तराई तथा पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

 १ भदौ, काठमाडौं । आज देशभर मौसममा साधारण बदली देखिने मौसम विभागले जनाएको छ ।

जल तथा मौमम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने आइतबार दिउँसो भारी वर्षाको सम्भावना छ ।

बागमती, मधेश, कोशी र बाँकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा भने बाँकी तराईका केही क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालको मनसुन केही कमजोर बनेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बंगालको खाडी जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ ।

आइतबार राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

मधेश प्रदेशसहित कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भाग र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका तराई तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?