
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सेयर बजारमा कुल ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।
- टप १० ब्रोकर कम्पनीमार्फत १ अर्ब ८६ करोडको खरिद र १ अर्ब ७७ करोडको बिक्री भएको छ।
- हाइड्रोपावर समूहका कम्पनीको कारोबार सबैभन्दा बढी १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
४ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब २० करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा करिब ३५ प्रतिशत हो ।
टप १० ब्रोकर कम्पनी मार्फत आज १ अर्ब ८६ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ७७ करोड रुपैयाँको बिक्री भयो । यो कारोबार रकम ती ब्रोकर कम्पनीको टीएमएसमार्फत सर्वसाधारणले गरेको किनबेच हो ।
टप १० ब्रोकरमध्ये पाँचमार्फत खरिद धेरै भएको छ । इम्पेरियल, सनी, अनलाइन, आर्यतारा र त्रिशक्तिमार्फत खरिद बढी भएको छ । त्यस्तै नासा, भिजन, क्रिस्टल, डायनामिक र क्यापिटल म्याक्समार्फत बिक्री बढी भएको छ ।
आज पनि कुल कारोबारमा हाइड्रोपावर समूहका कम्पनीको सबैभन्दा धेरै १ अर्ब ९० करोडको भयो । आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रसुवागढी हाइड्रोपावार, हिमालयन डिस्टिलरी, चन्द्रागिरि हिल्स, बुटवल पावर, निफ्रा लगायत कम्पनी छन् ।
आज बजारको परिसूचक नेप्से ९.७० अंक घटेको हो । (ब्रोकरको विस्तृत कारोबार)
प्रतिक्रिया 4