+
+
Shares

‘बक्स अफिस र समीक्षा होइन, मिहेनतको भर हुन्छ’ भन्दै छोरालाई लन्च गरे शाहरुखले

’द ब्याड्स अफ बलिउड’को प्रिभ्यू रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनको पहिलो निर्देशकीय श्रृंखला ’द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू रिलिज भएको छ।
  • यो श्रृंखला १८ सेप्टेम्बर २०२५ बाट नेटफ्लिक्समा स्ट्रिम हुनेछ र मल्टिस्टारर वेब सिरिज हो।
  • शाहरुख खानले प्रिभ्यू लन्चमा आफू घाइते भएको र निको हुन दुई–तीन महिना लाग्ने बताए।

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनको पहिलो निर्देशकीय श्रृंखला ’द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू रिलिज भएको छ, जसको प्रतीक्षामा महिनौंदेखि प्रशंसक अधैर्य थिए ।

रिलिज मिति पनि घोषणा भएको छ । आर्यनको यो निर्देशकीय डेब्यू हो । दर्शकले शोको पहिलो झलक पाएका छन् र यससँगै चर्चा पनि चुलिएको छ । यो मल्टिस्टारर वेब सिरिज अर्को महिना नेटफ्ल्क्सिमा आउने बताइएको छ ।

यो शो १८ सेप्टेम्बर २०२५ बाट नेटफ्लिक्समा स्ट्रिम हुनेछ । श्रृंखलाको प्रिभ्यू सेयर गर्दै नेटफ्लिक्सले क्याप्सनमा लेखेको छ, ’धेरै गाह्रो, र धेरै हृदयस्पर्शी पनि । १८ सेप्टेम्बरमा ’द ब्याड्स अफ बलिउड’ हेर्नुहोस्, केवल नेटफ्लिक्समा ।’

’द ब्याड्स अफ बलिउड’को प्रिभ्यूमा सलमान खान र करण जोहरको झलक पनि छ । यस श्रृंखलामा लक्ष्य र सहेर बम्बा मुख्य भूमिकामा छन् ।

’द ब्याड्स अफ बलिउड’मा बबी देओलको पनि विशेष भूमिका छ । राघव जुयाल, मोना सिंह, अन्या सिंह, गौतमी कपूर, मनोज पाहवा, विजयन्त कोहली र मनीष चौधरीजस्ता कलाकार पनि यसका हिस्सा हुन् ।

प्रिभ्यू लन्चमा शाहरुख खानले कार्यक्रमको स्टार कास्टसँग सबैलाई परिचय गराए । यस क्रममा, शाहरुखको हातमा प्लास्टर लगाएको देखिएको थियो, जसको बारेमा उनले भने कि उनी घाइते भएका छन् र निको हुन अझै दुई–तीन महिना लाग्नेछ ।

आर्यनले आफ्नी आमा गौरीलाई मिडियासामु परिचय गराउँदै आफू निर्देशक र निर्माता बन्नुको श्रेय दिए ।

कार्यक्रममा शाहरुखले हास्यपूर्ण शैलीमा भने, ‘राष्ट्रिय पुरस्कार उठाउन मेरो एउटा हात मात्र पर्याप्त छ ।’ यस वर्ष शाहरुखलाई फिल्म ‘जवान’का लागि उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?