+
+

सुनकोसी पीडितलाई सहयोग गर्न जापानमा सहयोग समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते १०:५२

टोक्यो । सिन्धुपाल्चोकको मांखास्थित जुरेमा गएको पहिरोका कारण सुनकोसी नदी थुनिएर विस्थापित भएका सिन्धुपाल्चोकवासीको सहयोगका लागि जापानमा बस्ने नेपालीले सहयोग समिति गठन गरेका छन् ।

नेपाली काँगे्रसको भ्रातृसंस्थाका रुपमा गठन भएको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित ४२ सदस्यीय समितिले आजैदेखि जापानमा सहयोग सङ्कलनसमेत सुरु गरिसकेको समितिका पूर्वअध्यक्ष एवम् काँग्रेस महासमिति सदस्य बलराम श्रेष्ठले जानकारी दिए ।

सहयोग समितिमा जापानको प्रमुख सातवटा सहर टोकियो, हिरोसिमा ओसाका, जागोटा, क्युसियु, किताकान्तो र मिघातामा रहेका जनसम्पर्क समितिका अध्यक्षहरुलाई समेत समावेश गरी जापानभरि सहयोग सङ्कलन गर्न लागिएको पनि श्रेष्ठले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?